२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुवेतबाट धमाधम गर्भवती भएर घर फर्किएका नेपाली चेलीहरु

काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् । समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् ।

उनका अनुसार अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन् । एक जनालाई भने नेपाल पठाइएको छ । बाँकी दुई जना ४ र ५ तलामा बस्छन्, पीडितले पटकपटक नेपाल पठाउँन सहयोग गरिदिन आग्रह गरिरहेका छन् ।

वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक छ । पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् । उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस