२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई काठमाडौँ महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा २५ हजार जरिवाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका–३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी आवागमन तथा पैदल यात्रीलाई अवरोधको पाइएपछि काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तोकेको थियो । यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान नराख्न महानगरले आग्रह गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस