२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैको मनमा बसेका कलाकार प्रकाशको निधन

काठमाडौं । सबैको मनमा बसेका कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका अभिनेता पाठकको मंगलबार बिहान ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए । उनको शवमा छोराले दागबत्ती दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष निरौलाका अनुसार अभिनेता पाठकको निधन क्यान्सरबाट भएको हो । उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको थियो ।

पाठकका श्रीमती, एक छोरा र एक छोरी छन् । पाठकको जन्म २००१ सालमा विराटनगरमा भएको थियो । कलाकार संघका अध्यक्ष निरौलाले दिवंगत पाठकलाई मेहनत र मिलनसार कलाकारको रुपमा आफूले चिन्ने गरेको बताए ।

 

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस