काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ । आज खाना पकाउने क्रममा आगो लागेको थियो ।
करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।
‘मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो । अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टर्यो,’ शाहले भने । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।