२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

किन हुन्छ उच्च घराना र उच्च पदस्थ महिलाको बढी ‘डिभोर्स’ ?

Why is there more 'divorce' of high families and high-ranking women

काठमाडौं । जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ । महिलाका हकमा भने यो ठीक उल्टो छ । नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्याधिक पाइएको छ ।

विशेष गरी महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सम्बन्धविच्छेद अत्याधिक देखिएको अध्ययनले देखाएको छ । स्टकहोम युनिभर्सिटीले विभिन्न कम्पनीमा कार्यरत १ सयभन्दा बढी विपरीत लिङ्गी दम्पतीमा अध्ययन गरेको थियो । त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ । प्राध्यापक जोन्ना रिक्नेका अनुसार सार्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ। मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्रतिवेदनको दाबी छ । ठूलो पदमा पुगेका महिलाको अनिवार्य सम्बन्ध विच्छेद भएको छ ।

अत्याधिक दम्पतीले कामको तनावले परिवार छिन्नभिन्न भएको बताएका छन् । यो अध्ययनले महिला उच्च पदमा पुग्दा बिदामा सँगै बस्ने र घरको काम विभाजन गरेर गर्ने अपेक्षा पूरा नभएको देखाएको छ । यद्यपि सम्बन्ध विच्छेदको पहल कसले गर्छ भन्ने खुलाइएको छैन । तीमध्ये एक सीईओ ३९ वर्षीया कार्लोट युङले लगातारको यात्रा, पदअनुसारको लामो कार्य समय र उच्च प्रोफाइलमा बसिरहनु सम्बन्ध बिग्रनुमा जिम्मेवार हुने बताइन् ।

लैंगिक समानताको सबैभन्दा अग्रस्थानमा रहेको स्वीडेनमा भने यो समस्या कम रहेको देखिएको छ । यसमा बिदामा उदार अभिभावक, दिवा हेरचाहको आलोपालो, कामको मेलमिलापपूर्ण व्यवस्थापन यसका कारण हुन् । यता सेलिब्रेटीहरुकोपनि अत्याधिक पारपाचुके भइरहेको छ । कमाइमा महिला सेलिब्रेटी उच्च स्थानमा पुग्न सक्ने भएकाले उनीहरु श्रीमानको आज्ञामा रहन सक्दैनन् । श्रीमानले आज्ञाकारी नै हुनुपर्छ भन्ने चाहेमा त्यो सम्बन्ध अन्त्यमा पुगेको देखिन्छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस