२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८३ जनाबाट दुई करोड ६३ लाख ठगी गर्ने उपाध्याय युएईबाट पक्राउ

Upadhyaya who defrauded 83 people of 26.3 million was arrested in the UAE

काठमाडौं । दुबईका आकर्षक तलबमा काम लगाई दिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।

सर्लाहीको जानकीनगर गाविस ७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा – ७ घर रहेका ४१ वर्षीय उपाध्यायलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस