२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इन्टर मिलानलाई ४ अंकको अग्रता

Inter Milan lead by 4 points

२ पुस, काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलानले लाजियोलाई २-० ले पराजित गरेको छ । यस जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

लाजियोको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेजले ४०औं र मार्कुस थुरामले ६६औं मिनेटमा गोल गरे । लाजियोका एम लाजारी ८७औं मिनेटमा रातो कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए ।

जितपछि इन्टरले १६ खेलबाट ४१ अंक जोडेर दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको हो । समान खेलबा६ युभेन्ट्सको ३७ अंक छ । एसी मिलान १६ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस