२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुटवलमा बैकका कर्मचारी झुन्डिएको अवस्थामा फेला

बुटवल । बुटवलमा एक बैकका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैकमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैकको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस