२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन : टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दै

पाँचथर । नेकपा (एमाले) ले १९ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ । हिजो पाँथरको फिदिममा बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गरेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने छन् । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो । यसैगरी बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो । यसैगरी रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको थियो ।

यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ । जसमा गुल्मी, सुर्खेत, सल्यान र दोलखा रहेका छन् । यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ । यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ । काठमाडौं फर्कदा अधिकांश नेताहरु भद्रपुर विमानस्थल भएर काठमाडौं फर्कने तयारीमा छन् ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस