२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ह्वात्तै सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५५ रुपैयाँमा भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १४ सय ७० रुपैयाँमा थियो ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस