२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अन्तिम दिन चिवाभन्ज्याङ पुग्न ओलीसहित शीर्ष नेता हेलिकप्टरमा नै जानुको यस्तो छ कारण

१ पुस, काठमाडौं । एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताले हेलिकप्टर प्रयोग गरेका छन् । पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टर प्रयोग गरेका हुन् ।

काठमाडौंबाट मगाइएको हेलिकप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल पुगेका थिए । संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

बाटो अत्यन्तै अप्ठेरो रहेको, बाटामा केही शंकास्पद बस्तुहरुपनि राखेर तर्साउन खोजिएका कारण सुरक्षा निकायले ओलीलाई हेलिकोप्टरमा जान सुझाएको थियो । सुरक्षा दिन मुस्किल हुनसक्ने भनेपछि ओलीसहितका नेता हेलिकोप्टरमा गएका हुन् । अरु यात्रीहरु भने सबै गाडीमा नै पुगेका थिए ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस