२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हरेक पतिले गर्ने यी ८ काम, जसले देखाउँछ विवाह अन्तिमसम्म टिक्छ

काठमाडौं । विवाह जतिसुकै गाह्रो भए पनि, तपाईं यसलाई सफल बनाउन हरसम्भव प्रयासहरू गर्नुहुन्छ । यस्तो अवस्थामा तपाईं पार्टनरले पनि आफूलेजस्तै गरोस् भन्ने इच्छा राख्नुहुन्छ । सधैं तपाईंले खोजेजस्तो मित्र भेट्टाउन सक्नुहुँदैन् । तर यदि तपाईंसँग विवाहको बारेमा तपाईंको जस्तै ख्याल राख्ने पार्टनर पाउनुभयो भने तपाईं भाग्यशाली हुनुहुन्छ । आज हामी टिकाउ विवाहमा तपाईंको पतिले देखाउने ८ विशेषताबारे चर्चा गर्न गइरहेका छौँ ।

उसले तपाईंलाई पहिलो स्थान दिन्छ
उसको प्राथमिकताहरूको सूचीमा, तपाईं सधैं पहिलो स्थानमा आउनुहुन्छ । उसका लागि, तपाईं सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ । पार्टनरले तपाईंलाई आवश्यक परेको कुनै पनि कुरा पूरा गर्न खोज्छ । उ साँच्चै तपाइँको लागि धेरै कुराहरू गर्न मन पराउँछ ।

तपाईंलाई लगातार आश्चर्यचकित (सरप्राइज) गर्दछ
उसले तपाईंलाई खुशी पार्न साना साना कुराहरूको पनि ख्याल राख्छ । मानौँ, कुनै एकदिन तपार्इँ लामो दिन पछि थकित भएर ओछ्यानमा हराउन चाहानुहुन्छ, तब तपाईंले मसाज दिनको लागि सफासँग बनाइएको ओछ्यान भेट्टाउन सक्ने सम्भावना धेरै हुन्छ । यति मात्र होइन, उसले तपाईंलाई आश्चर्यचकित गर्न मन पराउँछ । चाहे त्यो तपाईंको अफिसमा चकलेट र फूलहरू लिएर होस् वा तपाईं घर पुग्नु अघि खाना पकाएर होस् । उ यो गर्छ किनभने उसले तपाईंलाई आराम र खुशी देख्न चाहन्छ ।

उसलाई सञ्चारको महत्त्व थाहा छ
हरेक सम्बन्धमा सञ्चार आवश्यक हुन्छ । ऊ शंकाको मौका पनि चाहँदैन त्यसैले आफ्ना भावनाहरूको बारेमा तपाईलाई खोलेर बताउँछ । ऊ दिनभरी जे भएपनि सुत्नुअघि सबै कुरा क्लियर गर्न मन पराउँछ । तपाईंहरू दुवैलाई एकअर्कासँग रिसाएर सुत्न मन लाग्दैन । यद्यपि कहिलेकाहीँ यसले थोरै समय लिन सक्छ । उसले सधैं तपाईं दुबै एउटै पेजमा हुनुहुन्छ यो सुनिश्चित गर्छ ।

तपाईलाई आवश्यक पर्दा उसले सुन्छ
जब तपाईलाई बाहिर निस्कने ठाउँ खोज्नुहुन्छ तब तपाईलाई श्रीमानमाथि भरोसा हुन्छ । उसलाई थाहा छ कि तपाईलाई त्यो भावनाको अनुमति चाहिन्छ । उनले तपाईका सबै समस्याहरू र चिन्ताहरू साँच्चै सुन्नेछन् । जब तपाईं कुनै कुराले तनावमा हुनुहुन्छ तब उसले शान्त महसुस गराउने तरिका फेला पार्नेछ । जब तपाईलाई लाग्छ यो अव्यावहारिक छ, यो जान्नको लागि उसले तपाईंको पक्ष लिन्छ ।

उसले तपाई जे हुनुहुन्छ त्यस्तै स्वीकार गर्छ
त्रुटि, उपलब्धि, विचित्र पल सबै सबैलाई उनले माया गर्छन् । उसले तपाईंको हरेक भागलाई अँगालेको छ, परिवर्तनको आशा कहिल्यै पनि गर्दैन् । तपाईंले आफ्ना त्रुटिहरूमा काम गर्दा पनि हरेक पाइलामा पति साथमा हुने कुरा पक्का गर्न सक्नुहुन्छ । सबै भन्दा राम्रो पक्ष, उसलाई थाहा छ कि तपाई पनि उसका लागि त्यस्तै गर्नुहुनेछ ।

उसले तपाईंको छनौटमाथि आदर र भरोसा गर्छ
सम्बन्धमा सबैभन्दा कठिन चीजहरू मध्ये एक भनेको एक पार्टनरले अर्काको छनोटको सम्मान गर्नु हो । तपाईंको पतिले स्वीकार गर्नुहुन्छ कि तपाईं एक परिपक्व र स्वतन्त्र महिला हुनुहुन्छ र आफ्नो छनौट गर्न सक्षम हुनुहुन्छ । उसलाई लाग्छ तपाईंले पहिले नसोची कुनै निर्णय लिनुहुँदैन् । कहिलेकाहीँ उनी सहमत नहुन सक्छन् तर पनि तपाईंको साथमा उभिनेछन् । उm कहिले पनि तपाईंको पखेटा काट्न चाहँदैन ।

सबै उपलब्धिहरूमा गर्व गर्छ
तपाईंले आफ्ना लागि तोक्नुभएका लक्ष्य प्राप्त गर्नको लागि आफैंमा गर्व महसुस गर्न सक्नुहुन्छ । त्यस्तो अवस्थामा तपाईंको पार्टनरले सम्भवत: दोब्बर उत्साहित र गर्व गर्छन् । यदि उसले तपाईका उपलब्धिहरूको बारेमा मानिसहरूसँग लगातार कुरा गरिरहेको छ । तपाई विश्वास गर्नुहोस्, उ एक असल मित्र हो । उसलाई दुनियाँसँग देखाउन मन पर्छ कि मैले एक स्मार्ट, महत्वाकांक्षी महिलासँग विवाह गरेको छु ।

उसले तपाईलाई माया गर्छु भनेर बताउन कुनै मौका छोड्दैन
तिमी मलाई मनपर्छ । तीन सरल शब्दहरू, तर एकसाथ उच्चारण गर्दा, धेरै शक्ति र महत्त्व बोकेर आउँछन् । दुर्भाग्यवश, यो अक्सर भनिदैन । तर तपाईंको पार्टनर त्यस्तो छैन् । उसलाई यो कुरा भन्नका लागि कुनै समय र स्थानले फरक पर्दैन । उ सधैं तिमी मलाई मनपर्छ भन्नको लागि मौका फेला पार्न सक्छ । ख्याल गर्नुहोस् अनियमित रूपमा भान्साकोठामा हुँदा होस् वा उसले तपाईंलाई दिनको बीचमा कल गर्दा ऊ यी तीन शब्द भन्न बिर्सदैँन् । अरूलाई, यो नक्कली लाग्न सक्छ तर उसले म तिम्रो सधैं धेरै ख्याल गर्छु भनेर देखाउन चाहान्छ, जुन सत्य हो । किनभने हरेक पटक उसले यो भन्दा तपाईले उसको आँखामा इमान्दारी देख्न सक्नुहुन्छ । जब जब उसले म तिमीलाई माया गर्छु भन्छ त्यो वास्तविक हो ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस