२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले प्रतिआश्रित नागरिकलाई मासिक १० हजार रुपियाँ दिने : प्रधानमन्त्री प्रचण्ड

हेटौँडा । सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । हेटौँडा ९ लामसुरेधापमा करिब १४ करोड रुपियाँको लागतमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड ७ वटै प्रदेशका लागि सडकमानव उद्धार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनका लागि व्यवस्थापनको जिम्मेवारी लिने बताए । मानवता प्रवर्द्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले कठोर सङ्घर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रूपमा राखिएको बताए ।

संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अवस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहरेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । मानवसेवा आश्रमको कामले राज्यलाई पनि झकझकाउँदै तरङ्ग प्रदान गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमबाट भएको कामलाई बिस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्धारको लागि सवारी साधन व्यवस्थापन लगायतको कार्य सरकारले गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस