२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१७ वर्षीया किशोरी बलात्कार आरोपमा माओवादी नेता काठमाडौंमा पक्राउ

Maoist leader arrested on charges of raping 17-year-old girl

१ पुस, काठमाडौं । प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरक-फरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।

जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस