२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरगन्ज यातायात कार्यालयमा पैसाले अवैध लाइसेन्स दिँदै, गौतम देखि ट्राफिकका खड्कासम्मको संलग्नता

Giving illegal license for money in Birganj Transport Office

कृष्ण यादव, वीरगन्ज । यातायात व्यवस्था कार्यालय वीरगन्जमा बिगतको दिनमा व्यापकरुपमा भ्रष्टाचार बढेको छ। घुसखोरी बढेको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल राज गौतम र ट्राफिक कार्यालय पर्साको मिलोमतोमा व्यापकरुपमा घुसखोरी भइरहेको हो ।

कार्यालय प्रमुख गौतमले शम्भु र सुमनलाई ऐजेन्टमा परिचालन गरि पैसाको भरमा धमाधम लाइसेन्स दिदै आएका छन। उनको बिश्ववास पात्रको रुपमा रहेको शम्भु गुरुङ र सुमन दुबैजनाले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाई कार्यालय प्रमुख गौतमलाई बुझाई फेल भएकाहरुलाई पास गराउने गरेको नाम नछाप्ने सर्तमा एक बिचौलियाले बताए।

सेवाग्राही चुन्नचुन साहले मोटरसाइकलको दलालहरुले १५ हजार , जिप चारचक्काको ३० देखि ३५ हजार भन्ने हेबी लाईसेन्सको ७५ हजार देखि १ लाख सम्म रुपैया लिई नयाँ लाईसेन्स दिने गरेको बताए। त्यसैगरि सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षामा यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजका कर्मचारी सहित ट्राफिक प्रहरी कार्यालय पर्साका कर्मचारीको समेत प्रतिनिधिको रूपमा सहभागिता रहेको हुन्छ । सवारी लाइसेन्सका लागि हुने अधिकांश परीक्षामा ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बुद्ध खड्का नै प्रतिनिधिको रूपमा जाने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातायात कार्यालय भित्र भईरहेको भ्रष्टाचार रोक्नु पर्नेमा उल्टो झन ट्राफिक प्रहरी कार्यालयमा लेखा पालमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक बुद्ध खड्कालाई बर्ष देखि यातायात कार्यालयको लिखित र ट्रायल परिक्षामा पठाइ महिनवारी बुझि लाईसेन्सहरु बनाउदै आएका छन।

प्रहरी सहायक निरीक्षक खड्काले पनि केही बिचौल्लीयाहरुसँग साठगाठ गरि उनीहरु मार्फत रकम बुझि आफ्नो जिल्ला ट्राफिक कार्यालयका प्रमुख र प्रदेश कार्यालय पथलैयाको प्रमुख समेतको नाऊमा रकम बुझि माथिल्लो हाकिमलाई बुझाई २ महिनामा आलो पलो गरि अरुलाई पनि मौका दिनुपर्नेमा अरुलाई मौका नदिई विगत २ बर्ष देखि यातायात कार्यालय बस्दै आएको नाम नछाप्रने सर्तमा एक ट्राफिक प्रहरीले बताए।

गौतमको विश्ववास पात्र रहेक गुरुङ र सुमनको कोठामा अहिले चेकजाँच गर्दा आईतबार र बिहिबार भएको लिखित परीक्षा र सोमबार र शुक्रबार भएको ट्रायल परिक्षामा पास गराउनको लागि दलाल , प्रहरी , नेता , पत्रकार लगाएतले दिएको चिठ्ठाहरु प्रत्यक्षरुपले फेला पर्ने सकिने स्रोतको दाबी रहेको छ। विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परीक्षा र लिखित परीक्षाको दिन अख्तियारको टोली पुगी आफ्नो रोहबरमा गराउदा आर्थिक कारोबार बन्द थियो भने अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टाचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।

यातायात कार्यालयको अधिकृत कमल गौतमले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले फर्म भरि लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएका व्यक्तिको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्। सरकारले यातायात भइरहेको भष्ट्राचारी रोक्नका लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेका छन् ।

वीरगंजमा केही दिन पहिला यातायातका अधिकृत कमल गौतम हुदा विदेशी लाईसेन्स भएको व्यक्तिको नेपाली करण गरेको अभियोगमा विभागले कार्यबाही गरको थियो । गौतमले अरु कुनै ठाउँमा गएपनि पैसाको बलमा पटक–पटक यातायात कार्यालय वीरगंज आउने गरेको एक यातायात कर्मचारीले बताएका छन् । त्यसै गौतम र खडका जस्ता अधकृितहरु आएपछि वीरगंजमा १ मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठूलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।

केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले विगत तीन हप्ता देखि नयाँ चालक अनुमति पत्रको आवदेन फर्म खुलेपछि यातायातका अधिकृत गौतमले बिचौलियासँग मिलेर फेल भएकाहरुलाई पैसा लिएर पास गराउने जिम्मा लिएका छन्। यातायात कार्यालयका प्रमुख गौतम र असई खड्काले यातायात कार्यालयबाट अवैध रुपले कमाई करोडौं रुपैयाको सम्पत्ति जोडे पनि सम्पत्ति सुद्धिकरण बिभागको ध्यान जान सकेको छैन । यातायात कार्यालयमा गौतम र असई खडकाको यस्ता गतिविधि भइरहेको हुँदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति आवशयक देखिएको छ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस