२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पछिल्लो मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प बाइडेनभन्दा धेरै अगाडि

काठमाडौं । अमेरिकामा अब करिब १० महिनापछि हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि गरिएको पछिल्लो सर्वेक्षणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई पछि पारेका छन् । सीएनएनको पछिल्लो मतदाता सर्वेक्षणमा, ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई ती राज्यहरूमा जितेको देखिन्छ जहाँ प्रत्येक चुनावमा बहुसंख्यक मतदाताहरूको प्राथमिकताहरू परिवर्तन भइरहेका छन् ।

आगामी राष्ट्रपति चुनावमा यी राज्यको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । सो सर्वेक्षणका अनुसार डोनाल्ड ट्रम्प जर्जिया (५ प्रतिशतले अग्रता), मिशिगन (१० प्रतिशत अगाडि), नेभाडा, एरिजोना, विस्कन्सिन र पेन्सिलभेनिया जस्ता राज्यमा पनि राष्ट्रपति बाइडेनभन्दा ट्रम्प अगाडि छन् । सन् २०२० को चुनावमा जो बाइडेनले यी ६ राज्यमा जित हासिल गरेका थिए ।

अमेरिकाको राष्ट्रपति बन्नका लागि डोनाल्ड ट्रम्पले यी मध्ये कुनै एक राज्यमा जित्नुपर्ने हुन्छ । यस हप्ताको ब्लूमबर्ग/मोर्निंग कन्सल्ट मतदाता सर्वेक्षणले पनि बाइडेन ट्रम्प भन्दा पछाडि रहेको देखाएको थियो । त्यस अनुसार बाइडेन धेरै स्विङ स्टेटमा पछाडि छन् । यसलाई बाइडेनका लागि खतराको घण्टी मानिएको छ । उक्त सर्वेक्षणका अनुसार बाइडेन उत्तरी क्यारोलिना (११ प्रतिशत), जर्जिया (७ प्रतिशत), विस्कन्सिन (६ प्रतिशत), नेभाडा (५ प्रतिशत), मिशिगन (४ प्रतिशत) र एरिजोना (३ प्रतिशत) पछि छन् । रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको उम्मेदवारी पुष्टि भएको छैन ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस