२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुसेपा खोलामा राखिएको शंकास्पद वस्तु केही नभएको पुष्टि भएपछि एमालेको टोली अघि बढ्यो

Confirmation that the suspicious object placed in Musepa river is nothing

काठमाडौं । नेकपा (एमाले) को संकल्प यात्रा अवरोध गर्ने गरी थरपु–च्याङ्थापु सडकखण्डको मुसेपा खोला पुलमा राखिएको शंकास्पद वस्तु तर्साउन मात्रै राखिएको पुष्टि भएको छ । निवाभञ्ज्याङ जाने बाटोको पुलमा तार जोडिएको अवस्थामा राखिएको शङ्कास्पद वस्तु केही विस्पोटक नभएर तर्साउन मात्रै राखिएको सुरक्षाकर्मीले बताएका छन् ।

शंकास्पद वस्तु पुलमा भेटिएपछि यात्रामा रहेका एमाले नेताहरू सवार गाडी केही समय रोकिएका थिए । अहिले टोली त्यहाँबाट च्याङथापुका लागि हिँडिसकेको छ । नेकपा एमालेको मध्यपहाड केन्द्रित संकल्प यात्राका लागि टोली आज फिदिमबाट च्याङथापु हुँदै चिवाभञ्ज्याङतर्फ जाँदै छ । चिवाभञ्ज्याङ पुगेर एमालेले समृद्धिका लागि संकल्प यात्रा समापन गर्दै छ ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस