२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारी सम्पत्तिमा छोटे राजको रजाई, पालिका प्रमुखले शनिबार छोरालाई गाडी सिक्न दिँदा दुर्घटना

Chhote Raj quilt on government property

काठमाडौं । अहिले नागरिकले स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुलाई छोटे राजा भन्ने गर्दछन् । उनीहरुको हर्कतपनि उस्तै छ । आफूलाई दुनियाँको सबैभन्दा माथी ठान्छन् । यसैले नागरिक वाक्कदिक्क भइरहेका छन् ।

पर्सा जिल्लाको छिपहर गाउँपालिका प्रमुखले अहिले सरकारी सम्पत्तिमा रजाईं गरिरहेका खबरहरु बाहिर आइरहेको छ । सरकारी अत्यन्तै महंगो गाडी उमेर नपुगेको सानो छोरालाई त्योपनि शनिबारको दिन सिक्न दिँदा दुर्घटना भएको छ ।

गाडीमा ठूलो क्षति पुगेको छ । पालिका प्रमुख मनोज गुप्ताले अब पक्कैपनि सरकारी रकममा नै बनाउँने हुन् । यसलाई नागरिक र सरोकारवालाले खबरदारी गरुन् भनेर हामीलाई तस्बिर प्राप्त भएको छ ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस