२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ऐश्वर्या र अभिषेकको डिभोर्स पक्का ! फेरि मिस वर्ल्ड पतिलाई देखेर रिसाइन्, आँखामा आँसु देखियो

काठमाडौं । सामाजिक सञ्जालमा आजकल अभिषेक बच्चन र ऐश्वर्या रायलाई लिएर निकै चर्चा भइरहेको छ । अभिषेक र ऐश्वर्याबीच सम्बन्ध राम्रो नभएको र यो जोडीले चाँडै नै सम्बन्ध विच्छेद गर्न सक्ने बताइन्छ । अफवाहअनुसार ऐश्वर्या अमिताभ बच्चनको घर छोडेर आफ्नी आमासँग बस्न गएकी छिन् । हालै ऐश्वर्या रायको एउटा भिडियो भाइरल भयो, जसमा उनी एक्लै एक कार्यक्रममा सहभागी भएको देखिएको थियो । अभिषेक अर्को कारमा आएका थिए । यस क्रममा ऐश्वर्याको अनुहारमा अभिषेकप्रतिको आक्रोश पनि देखियो ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा ऐश्वर्या बच्चन परिवारसँग देखिएकी छिन् । यो भिडियोमा उनको मुस्कानले धेरै कुरा बताइरहेको छ । यो भिडियोमा ऐश्वर्या कारबाट ओर्लेको देख्न सकिन्छ । अभिषेकलाई देखेर ऐश्वर्या मुस्कुराएकी छिन्, तर हाँसोको पछाडिको दूरी भिडियोमा स्पष्ट देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि फ्यानहरुले यसमा विभिन्न प्रतिक्रियाहरु पनि दिदैँ छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘दुवै जना फरक फरक कारमा आएका छन् ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘के अभिषेक र ऐश्वर्या अलग भएका हुन् ?’

बच्चन परिवारको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ कि परिवारका सदस्यहरूबीच आपसी मनमुटाव छ । परिवारका सदस्यहरूलाई धेरै चोटि छुट्टाछुट्टै देख्दा यस्ता अफवाहहरूले अझ बल पाएका छन् । हालै अभिषेक एक कार्यक्रममा देखिएका थिए, जहाँ मानिसहरुले उनको औंलाबाट विवाहको औंठी हराएको देखे । त्यसपछि केही मानिसहरुले डिभोर्सको बारेमा अड्कलबाजी गर्न थालेका हुन् । अहिलेसम्म उनीहरुले यसबारे आधिकारिक रुपमा कुनै प्रतिकृया जनाएका छैनन् ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस