२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् आफ्नै सेनाद्धारा भूलवश मारिएका तीन इजरायली बन्धकहरू

काठमाडौं । इजरायली सेनाले भूलवश तीन इजरायली बन्धकहरूलाई मारेको बताएको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा बन्धकहरूले आफ्नो हातमा सेतो कपडा बोकेको आधारमा हमासका लडाकु भएको भन्दै मारेको उल्लेख गरेको हो ।

आईडीएफ अधिकारीका अनुसार बन्धकहरूमाथि गोली चलाउनु इजरायली युद्ध नियमविरुद्ध कार्य हो । एक सैन्य अधिकारीले भने, ‘एक सिपाहीले सेतो कपडा लगाएको लट्ठी बोकेर बन्धकहरूलाई कुनै लुगा बिना भवनबाट बाहिर निस्केको देखे । सिपाहीले उनीहरुबाट खत्तरा महसुस गरे अनि आतंककारी भएको भन्दै गोली चलाए ।’

इजरायली सेनाका अनुसार दुई बन्धकको घटनास्थलमै मृत्यु भएको थियो । एकजना घाइते भई भवनभित्रै भागेका थिए । त्यसपछि सिपाहीहरूले हिब्रूमा मद्दतको लागि आह्वान गरेको सुने र तुरुन्तै बटालियन कमाण्डरले युद्धविरामको आदेश दिए । यसअघि पनि हमसका नाममा सर्वसाधारण मारेको आरोप खेप्दै आएको इजरायल यो घटनापछि सबैतिर थप आलोचित भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस