२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीबाट केही सिक्नुहोस् : आकाशका तारा झार्नु पर्दैन यस्तै साना कुराले खुशी हुन्छन् श्रीमती

काठमाडौं । यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा शुक्रबार नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मजिल्ला तेह्रथुम पुगे । गृहजिल्लामा पुगेको समयमा उनले विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरे भने जिल्लाका समस्या बुझ्ने कार्यक्रम पनि राखियो । कार्यक्रमहरुमा सहभागी हुँदै उनी शुक्रबार आफ्नो पुर्ख्यौली घरमा पनि पुगे ।

अध्यक्ष ओलीले आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा रात नै बिताए । शनिबार बिहान अभियनका लागि पाँचथर पुग्नुअघि ओलीसहितका नेताहरुले घरलाई पृष्ठभूमि बनाएर फोटोसेसन गरे। । यस्तै ओलीले अभियानमै रहेको आफ्नी पत्नीको फोटो आफैले खिचिदिए । श्रीमती राधिकालाई घरको चोटाको झ्लाममा पोज दिन लगाउँदै ओलीले फोटो खिचिदिएका थिए । ओलीले राधिकाको फोटो खिचिदिँदा माहोल रमाइलो बनेको अभियानमा रहेका एक नेताले जानकारी दिए । उक्त तस्बिर बाहिर आएपछि अहिले सर्वत्र सेयर भइरहेको छ । बहुसंख्यक महिलाले उक्त तस्बिरमा श्रीमतीहरु आकाशको तारा झारि माग्दैनन्, यस्तै साना–सानाबाट श्रीमतीहरु अत्याधिक खुशी हुने हुन् । केपी ओलीबाट केही सिक्नुहोस् भन्ने क्याप्सन राखेर तस्बिर पोष्ट गरिरहेका छन् ।

ओलीले आफ्नो मानव रित्तिन लागेको गाउँमा पुगेर आफ्ना बालसखा, आफूलाई हुर्काउने अभिभावक, छिमेकी सबैलाई भेटे । केही बर्षदेखि ओली त्यहाँ लगातार गइरहेका छन् । ओलीले केपी ओली प्रतिष्ठान नै बनाएर आफ्नो जमिन आसपासमा रहेका अरु छिमेकीका जमिन समेत किनेर प्रतिष्ठानमा ल्याएका छन् । प्रतिष्ठानबाट प्राविधिक शिक्षालय स्थापना गरेका छन् । तेस्रो ब्याचसम्म पढाइ भइसकेको शिक्षालयमा अहिले अढाईसय भन्दा बढी विद्यार्थी छन् । ओलीले आफ्नो जन्मथलोका बालबालिकाको भविष्य परिवर्तनमा योगदान दिइसकेका छन् । केही शीर्ष नेताका जन्मथलो उजाड बनेका खबर आइरहेका बेला ओलीले भने उजिल्याउने प्रयास गरेका छन् । यो पटक पुगेर अब गाउँमा नै रोजगारी, पर्यटनको उच्चतम् विकास, साना–साना उद्योगको विकास गरेर गाउँमा मानिस फर्किने वातावरण बनाउँने बचन दिएका छन् । समाजको कोहीपनि अगुवाले आफ्नो जन्मथलो नै उज्यालो बनाउँन थाल्यो भने देश बन्छ भन्ने बुझाई आफ्नो रहेकाले आफू जिम्मेवार पदमा पुगेपछि यहाँका बारे सोच्न थालेको ओलीले बताएका छन् ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासक सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस