२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पललाई फेरि संकट: दोहोर्‍याएर हेर्न सर्वोच्च गयो बलात्कार मुद्दा [यी अवस्थामा मुद्दा दोहोरिन्छ]

Paul Shah

काठमाडौं । अभिनेता पल शाहलाई फेरि संकट आइपरेको छ । सर्वोच्च अदालतले पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेसँगै संकट अब झनै बढेको हो । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । तर अदालतले सफाई दिएपछि सरकारी वकिल फेरि मुद्दा दोहोर्‍या पाऊँको निवेदन लिएर अदालत पुगेका थिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस