काठमाडौं । पार्टनरसँगको जीवन सामान्य रूपमा चलिरहेको जस्तो देखिए पनि कहिलेकाँही केहि ठीक छैन भन्ने आभास हुन्छ । यस्तो लाग्छ कि तपाईको सम्बन्ध भर्खरै अगाडि बढ्दैछ । पहिले एक–अर्काको भावनाहरू पत्ता लगाउन सकिन्थ्यो, अब तपाईं केही बुझ्न सक्नुहुन्न । पार्टनरले तपाईंलाई बुझ्न खोजिरहेको छैन । यस्तो अवस्थामा के गर्ने भनेर तपाईंलाई थाहा हुँदैन् । आज हामी जब कोही तपाईंसँगको सम्बन्धबाट अघाउँछ, तब कस्तो व्यवहार देखाउँछ भनेर उल्लेख गर्न गइरहेका छौँ ।
मलाई थोरै ठाउँ (स्पेस) देउँ
तपाईंको पार्टनरले बारम्बार आफ्ना लागि स्पेस खोज्छ । त्यस अवस्थामा भावनात्मक र शारीरिक दूरी बनाउनुका साथै गरेका प्रतिबद्धताहरू तोड्ने अनि तपाईंलाई बेवास्ता गर्दै जान्छ ।
म साँच्चै यसबारे अहिले कुरा गर्न चाहन्न
अगल हुन चाहेमा पार्टनरले तपाईंसँगको संचारलाई बेवास्ता गर्छ । उसले तपाईंको भावना वा समस्याहरूको बारेमा कुरा गर्न बन्द गर्छ । सम्बन्धमा देखिएका समस्याहरू समाधान गर्न प्रयासमा कमी देखाउँछ।
म थाकेको छु
थकावट सामान्य भए तापनि, तपाईंको पार्टनर यसलाई टाढा हुने बहानाको रूपमा निरन्तर प्रयोग गर्छ । जसले उ सम्बन्धलाई प्राथमिकता दिँदैन भन्ने कुरा पुष्टि हुन्छ ।
ओभररियाक्ट गर्न बन्द गर
तपाईंको पार्टनरले कहिल्लै पनि भावनाको ख्याल गर्दैन् । तपाईंका अन्तर्निहित कुराहरूलाई सम्बोधन नगरी न्यूनतम प्रयास गर्दै सम्बन्धलाई कम महत्व दिन्छ ।
म मुडमा छैन
पार्टनरले घनिष्टतालाई बेवास्ता गर्छन् । भावनात्मक सम्बन्धबाट क्रमश: टाढा हुने सङ्केत गर्दै सम्बन्धलाई पुनर्जीवित गर्ने प्रयासमा संलग्न हुन मान्दैन ।
तिमिले यसलाई समाधान गर्ने बाटो किन फेला पार्न सकेनौँ
पार्टनरले खाँचो पर्दा तपाईंलाई साथ दिन मान्दैन । अलग हुन खोज्दा समानुभूतिको कमी हुन्छ भने समस्या समाधानमा साझेदारी गर्न समेत अस्वीकार गर्दछ ।
माफ गर, म सक्दिन किनभने…
तपाईंको पार्टनरले निरन्तर बहाना बनाउँछ र सम्बन्धलाई सतही स्तरमा राख्न खोज्छ ।
यदि पार्टनरले माथि उल्लेख भएजस्ता संकेत देखाइरहेको छ अनि सुधार गर्न पनि चाहेको छैन भने भने निष्क्रिय अवस्थामा प्रेम सम्बन्ध राख्नुभन्दा सम्बन्ध अन्त्य गर्नु राम्रो हुन सक्ने धेरैको बुझाई रहेको छ ।