२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङमा टिपरको ठक्करबाट प्युठानका २ जना युवकको मृत्यु

Road Accident

३० मंसिर, दाङ । दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ गइरहेका रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए । प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस