२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशमा एमाले छ, निराश नहुनुहोस् : अध्यक्ष ओली

अध्यक्ष ओलीले थप्दै भन्नुभयो, ‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा अभियान मिसन २०८४ कै एउटा अङ्ग हो ।’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले गम्भीर सङ्कटमा रहेको बताउँदै देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभएके छ । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ यात्राका क्रममा तेह्रथुमको वसन्तपुर आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको अध्यक्ष ओलीको भनाइ छ । गठबन्धन कुहिसकेकाले कुनै बेला झर्न सक्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाली जनतालाई निराश नहुन पनि आग्रह गर्नुभयो । देशमा एमाले रहेकाले जनता निराश हुन नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको छ । एमालेले सरकारको नेतृत्व गरेपछि विकासका काम अगाडि बढाउने विश्वास दिलाउँछ ।’ अध्यक्ष ओलीले थप्दै भन्नुभयो, ‘झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा अभियान मिसन २०८४ कै एउटा अङ्ग हो ।’ ओलीले राष्ट्रिय शक्तिका रूपमा रहेको एमाले अझ सुदृढ बन्नुपर्ने र २०८४ को संसदीय निर्वाचनबाट एकल बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले एमालेलाई सरकारबाट हटाएपछि देशमा अराजनीतिक गतिविधि भइरहेको बताउनुभयो ।

अहिले सरकारमा रहेकाहरू सुन तस्करी गरेर बसेको ओलीको आरोप छ । एनसेल बिक्री प्रकरणमा पनि सरकारको संलग्नता रहेको र सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल कौडिको भाउमा अर्को कम्पनीमा नामसारी गर्न लगाएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्पयात्रा चीनमा माओले सञ्चालन गरेको लङमार्च जस्तै भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस