२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेट्रोल–डिजेलको मूल्य ह्वात्तै घट्यो [ विज्ञप्तिसहित ]

काठमाडौं । काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

अब नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस