२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ७० रुपैयाँमा भइरहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस