२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीलाई पछ्याउँदै कांग्रेस नेता भन्छन्– जनता निराश छन्, छिट्टै सरकार परिवर्तन गरौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । हिजो विराटनगर विमानस्थलमा माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको टिप्पणी उहाँको छ । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी छ ।

सरकारसँग जनता निराश भएको भन्दै उहाँले भन्नुभयो, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’ उहाँले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताउनुभयो । कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क उहाँको थियो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अहिलेको सरकारसँग सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरु निराश भएको बताउनुभएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस