२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फूलमाला बोकेर स्वागतमा कारागार अगाडि थिए हज्जारौं कार्यकर्ता, खाँण अख्तियारबाट मन्दिरतिर

 

काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन्। खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै उनी थुनामुक्त भएका हुन्।

आयोगले साधारण तारेखमा छाडे लगतै खाँण ललितपुरस्थित बगलामुखी मन्दिरमा पुगेका छन्। यता खाँण बसेको केन्द्रीय कारागारमा भने उनको स्वागतका लागि कार्यकताहरुको भिड लागेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण भने बगलामुखी मन्दिरमा पुगेका छन्। कारागार बाहिर हज्जारौं नेता कार्यकर्ता फूल माला बोकेर पुगेका थिए ।

समयमै सही जानकारी नपाउँदा कार्यकर्ताहरू भने कारागार परिसरमा खाँणको पर्खाइमा बसेका थिए। रिहाइको प्रक्रिया पूरा गर्न खाँणलाई भने कारागारबाट बिहानै जिल्ला अदालत काठमाडौं लगिएको थियो। बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको छ। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका उनलाई आयोगले साधारण तारेखमा छाडेको छ। सम्पत्ति शुद्धीकरणपनि उनले १५ लाख धरौटी बुझाए । अख्तियारले भने धरौटी मागेन ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका थिए। खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित प्रकरणमा मुछिएका पूर्व मन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौँले आदेश दिएको थियो।

त्यो विरुद्ध खाँणसहितका आरोपीहरू उच्च अदालत, पाटन गएका थिए। उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। खरेलले तत्काल उनी निर्दोष छन् भन्ने आधारहरू नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए। त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस