२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बेलुका अहिलेसम्मकै अत्याधिक उल्का बर्षा हुने, नेपालमापनि खस्ने

This evening there will be the highest meteor shower ever, it will also fall in Nepal

काठमाडौं । आज बेलुका अहिलेसम्मकै अत्याधिक उल्का बर्षा हुने भएको छ । नेपाली आकाशबाट पनि उल्का बर्षा खसेको देखिने छ । आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलविदले बताएका हुन ।

आज रातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने र उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने खगोलविदको भनाइ छ । संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १ सय २० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले आज राति हुने उत्का बर्षालाई बर्षाकै ‘उत्कृष्ट’ भनेको छ ।

आज राति हुने उल्का बर्षालाई खगोलविदले ‘जेमिनिड्स’ नाम दिएका छन । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकले ‘जेमिनिड्स’ नाम दिएका हुन ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस