२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हमासविरुद्धको लडाइँ कुनै पनि ‘वैश्विक दबाब’ ले रोक्न सक्दैँन : नेतन्याहु

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको लडाइँ कुनै पनि ‘वैश्विक दबाब’ ले रोक्न नसक्ने बताएका छन् । नेतन्याहुले एक्समा एक भिडियो शेयर गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘मैले युद्ध मैदानमा रहेका कमाण्डरहरूलाई के भनेको छु, स्पष्ट रूपमा हामी यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौं र यसमा कुनै प्रश्न नै छैन । हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु ।’ उनले अगाडि भनेका छन्, ‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौं र जित्नेछौं ।’

यसअघि गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको थियो । इजरायली विदेशमन्त्री एली कोहेनले यो युद्ध ‘विश्वव्यापी दबाब र विश्वव्यापी दबाब बिना’ दुवै अवस्थामा जारी रहने बताएका थिए । उनले भने, ‘अहिलेको चरणमा युद्धविराम आतंकवादी संगठन हमासका लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूका लागि खतरा फेरि बढ्नेछ ।’

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोष जुटाउने कार्यक्रममा इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदै गएको बताएका थिए । इजरायललाई निर्देशन दिँदै उनले भनेका छन्, ‘अमेरिका इजरायलको साथमा छ, अब यसमा अमेरिकाबाहेकका जनता पनि साथमा छन् । युरोपियन युनियन साथमा छ, युरोप साथमा छ, विश्वका अधिकांश देश साथमा छन् । तर उनीहरू (इजरायल) ले अन्धाधुन्ध बमबारीका कारण विश्वव्यापी समर्थन गुमाउँदैछन् ।’

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस