२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ तहको सुरक्षा तोडेर कसरी संसद पसे प्रदर्शनकारी ?

काठमाडौं । भारतीय संसद (लोकसभा) मा हिजो अचानक हंगामा भयो । संसदमा भएको आक्रमणको २२ औं वर्षगाँठमा सुरक्षा व्यवस्थामा ठूलो लापरवाही भएको हो । लोकसभा चलिरहेको बेला दुई युवा आगन्तुक दीर्घाबाट हाम फालेर आएका थिए । उनीहरुले स्प्रे गरेपछि संसदमा पहेँलो धुवाँ फैलियो अनि भागदौड मच्चियो । पछि सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे । उनीहरुको नाम सागर शर्मा र डी मनोरञ्जन हो । यस पूरै घटनामा ६ जना संलग्न थिए, जसमध्ये ४ जना पक्राउ परेका छन् भने बाँकी २ जनाको खोजी जारी छ ।

यसअघि खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नुले संसदमा आक्रमण गर्ने धम्की दिएका थिए । उनले डिसेम्बर १३ वा त्यसअघि संसदको जग हल्लाउने भन्दै धम्की दिएका थिए । यसबीच ५ तहको सुरक्षा तोडेर प्रदर्शनकारीहरू लोकसभामा प्रवेश गरे र हंगामा गरेपछि गम्भीर प्रश्न उठेको छ । भारतको पुरानो संसद भवनमा १३ डिसेम्बर २००१ मा ५ आतंककारीहरूले आक्रमण गरेका थिए । जसमा दिल्लीका ५ प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस