२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेप्से ६ अंकले बढ्दा ८ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि

nepal share market today

 

२८ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ । कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे । बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे ।

यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । मुक्तिनाथ कृषि कम्पनीको आजैदेखि कारोबार सुरु भएको हो । सो कम्पनीको मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

गुराँस लघुवित्तको मूल्य ४.९, मानुसी लघुवित्तको ४.७ र सीवाईसी लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस