२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को मर्मस्पर्शी गीत सार्वजनिक [ भिडियोसहित ]

The touching song of the Indian film 'Salar' sung by Menuka Paudel has been released

काठमाडौं । नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।

पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।

गीतसँगै फिल्मको कथावाचन गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन् । ‘सलार : पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस