२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देश लुटेराको हातमा पुग्यो : अध्यक्ष ओली

भोजपुर । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले सरकारको लुटेरा प्रवृतिले देश भडखालोतर्फ धकलिएको बताउनु भएको छ । झुलाघाट–चिवाभन्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रालाई भोजपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मुलुक लुटेराको हातमा पुगेकाले देश गरिबीतिर धकेलिएको बताउनु भयो ।

सरकार सत्ताकेन्द्रित भएपछि देश अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उहाँले बताउनु भयो । ‘अहिलेको सरकार मुलुकको समृद्धि भन्दा पनि सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रित छ, उहाँले भन्नुभयो, ‘देश र जनताको हितविपरीत, न्यायविहीन, अनुत्तरदायी भएकैले देश गरिबीतिर धकेलिँदै गइरहेको छ, यसको निकासकालागि जनताले अव विकल्प खोज्नु पर्दछ ।’

वर्तमान अपवित्र गठबन्धन सरकार लामो समय टिक्न नसक्ने बताउँदै उहाँले मिसन ८४ मुलुकको समृद्धिका लागि एमालेको वहुमतको सरकार हुने बताउनु भयो । अध्यक्ष ओलीले प्राकृतिक, साँस्कृतिक रूपले नेपाल समृद्ध भएपनि देश सञ्चालन गर्ने व्यक्ति सहि नपर्दा जनताले दुःख पाएको सुनाउनु भयो ।

उहाँले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी लोकमार्गको पदयात्रा अभियान ल्याइएको बताउनुभयो । ओलीले मध्यपहाडी लोकमार्गका जनताको माग, चाहना र आवश्यकतालाई बुझेर देशको समृद्धिको खाका तयार पार्न पनि एमालेको नेतृत्व जनताको घरदैलोमा आईपुगेको बताउनुभयो ।

केन्द्रिय नेतृत्वसहित मध्यपहाडी लोकमार्गको यात्रामा निस्कुन भएका अध्यक्ष ओलीलाई भोजपुरको पर्यटकीय क्षेत्र चखेवाभञ्ज्याङमा स्थानीय जातीय झाँकीसहित भव्य स्वागत गरिएको थियो ।

भोजपुरमा भव्य स्वागत पाएपछि निकै प्रफुल्लित हुनु भएका ओलीले अभियानमा स्थानीयले ल्याएको कोसेली सुन्तला वाँडेर स्वागत गर्नु भएको थियो । एमालेको अभियानमा स्थानीयले भोजपुर जिल्लाका उत्पादित फलफुलले स्वागत गरेका थिए । अध्यक्ष ओलीलाई भोजपुरको चखेवा भन्ज्याङ्ग, वोखिम, टेम्केमैयुङ्ग, सदरमुकाममा भव्य स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस