२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमाका बोल्ड तस्बिरले अधिकांशलाई ततायो [६ तस्बिर]

The bold picture of swastima khadka, which was opened on the beach of Sydney, has heated up most of the people

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अहिले अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको पनि देख्न सकिन्छ ।

खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छिन् । इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्बिर पोस्ट गरेकी छन् । जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा उनी हट देखिएकी छन् । उनका बोल्ड अवतारले यता नेपालको चिसोमा अधिकांशलाई तताई रहेको कमेण्टमा देख्न सकिन्छ ।

अष्ट्रेलियामा अहिले उखरमाउलो गर्मी छ । गर्मी छल्न अष्ट्रेलियाली समुन्द्री तटमा रमाइरहेका छन् । तर, यता नेपालमा भने चिसो बढेको बढ्यै छ । नेपालमा ‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत दम्पती अष्ट्रेलियामा रमाइरहेका छन् ।

यो फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका छ जहाँ उनले एक ग्रामिण गृहणीको भूमिका निर्वाह गरेकी छन् । स्वस्तिमाका लागि दशैं पछिको समय निकै ब्यस्त रह्यो । ‘भष्मे डन’पछि रिलिज भएको ‘दिमाग खराब’ले उनको ब्यस्तता ह्वात्तै बढायो । फिल्मको अष्ट्रेलिया प्रवद्र्धनसँगै निश्चल र स्वस्तिमाको लागि अष्ट्रेलिया भिजिट बिदा मनाउने अवसर पनि बनेको छ । तस्बिर : स्वस्तिमा खड्का इन्स्टाग्राम

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस