२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोजपुरबाट अध्यक्ष ओलीको स्पष्ट सन्देश : २०८४ पछि एमालेको एकल सरकार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको दोहोर्याउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत आज भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धन सरकारले आम जनतालाई दु:ख र आर्थिक भार मात्र दिएको आरोप लगाउँदै यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशमा हाल राजनीतिक, सामाजिक, आर्थिक तथा जुनसुकै क्षेत्रमा अस्थिरता बढेको आरोप लगाउनुभयो । यसअघि जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्ण र भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्माणको क्रममा गठबन्धनले जालझेल गरेर अदालतको सहारामा सरकार ढालेको टिप्पणी गर्नुभयो । २०८४ निर्वाचनपछि एमालेको एकल सरकार निर्माण गर्नमा जनताले साथ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस