२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दलियकरण भागबन्डाका कारण नेपालको शिक्षा अस्त–व्यस्त : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलियकरण भागबन्डाका कारण नेपालको शिक्षा अस्त–व्यस्त भएको बताउनु भएको छ । सामाजिक सञ्जाल एक्समा एक भिडियो साझा गर्दै उहाँले भन्नुभएको छ, ‘हाम्रो उच्च शिक्षा अस्त–व्यस्त छ । त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो । यसमा हामी सबै उत्तिकै दोषी छौँ । तर यसलाई अब सच्चाउन पर्छ । उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति !’

थापाले अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गर्नका लागि प्रधानमन्त्री दाहाललाई भेटेर भनेको कुरा उल्लेख गर्नुभएको छ । नेता थापाले अगाडि भन्नुभएको छ, ‘हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ । उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन ।’

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस