२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

किराँती वेषमा केपी ओली, भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित स्वागत

भोजपुर । मङ्सिर १४ गते बैतडीबाट हिँडेको झुला घाट –चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा भोजपुर पुगेको छ । यात्रामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई भोजपुरको चखेवामा भोजपुरको टोलीले स्वागत गरेको छ ।

किराँती पहिरनमा रहेका ओलीलाई स्थानीयले ढोल झ्याम्टा सहित बाजा गाजाले स्वागत गरे । पुष्पलाल मध्यपहाडी लोक मार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाँउबाट सर्वसाधारण आएका छन् । ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको छ । स्वागत गर्न आएकाहरू आफ्ना जातीय पहिरन र भेष-भूषा सजिएका छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस