२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको संकल्प यात्रा कोशीमा : बिथोल्ने पहिचानवादीको धम्की, तीन हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाटबाट शुरू गरेको मध्यपहाडी संकल्प यात्रा मंगलबार (आज) कोशी प्रवेश गर्न लागेको छ । कोशीमा एमालेको यात्रा उदयपुरको घुर्मीबाट सुरु भएर पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । समृद्धिका लागि संकल्प यात्रालाई एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । यसबीच कोशीमा पहिचान पक्षधरले यात्रालाई विथोल्ने चेतावनी दिएका छन् ।

कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यलाई अवरोध गर्ने तयारी उनीहरुको छ । तर कोशी प्रदेशमा सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ । पहिचान पक्षधरहरुले अहिलेको विरोध एमालेविरोधी भन्दा पनि अध्यक्ष ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतसहितका नेताहरूले दिएको अभिव्यक्तिको प्रतिवाद भनेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस