२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अम्बानी परिवारकी बुहारी हुन् तस्बिरमा देखिएकी अभिनेत्री, सञ्जय दत्तलाई पनि डेट गरिन्

काठमाडौं । बलिउडमा विवाहपछि चलचित्र क्षेत्र छोडेर आफ्नो परिवारमा पूर्ण ध्यान केन्द्रित गर्ने थुप्रै अभिनेत्री छन् । तर, आजकल आफ्नो परिवार र अभिनय दुवै सम्हालिरहेका धेरै नायिकाहरु पनि छन् । तर केही पुराना अभिनेत्रीहरु यस्ता पनि छन्, जसले अभिनयको दुनियाँ छोडेर परिवार रोजे । आज हामी ७० र ८० को दशककी एक चर्चित अभिनेत्रीबारे कुरा गर्न गइरहेका छौँ । हो, हामी अभिनेत्री टीना मुनिम उर्फ टीना अम्बानीको बारेमा कुरा गर्दैछौं, जो देशको अरबपति अम्बानी परिवारकी बुहारी हुन् । टीना मुकेश अम्बानीका भाई अनिल अम्बानीकी पत्नी हुन् ।

उनीहरुको विवाह सन् १९९१ मा भएको थियो । उनका दुई सन्तान जय अनमोल अम्बानी र जय अंशुल अम्बानी छन् । उनीसँग फिल्म रकीको कथा जोडिएको छ, जुन सञ्जय दत्तको डेब्यु फिल्म थियो । सन् १९८१ मा रिलिज भएको यो फिल्मलाई सुनील दतलेले निर्देशन गरेका थिए । यस फिल्मको छायांकनका क्रममा धेरै भीड लागेको कारण कलाकारलाई निकै समस्या भएको थियो । सोही क्रममा भीडबाट एक व्यक्तिले टीनामाथि गरेको कमेन्टका कारण सञ्जय दत्त रिसाएका थिए । टीनाले सौतन, रकी, कर्ज, बातों बातों में, ये वादा रहा र देश परदेश जस्ता चलचित्रमा सफल अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस