२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरामा भयानक दुर्घटना: मेडिकल कलेजबाट डाक्टर बन्न लागेका २ जना विद्यार्थीको ज्यान गयो

Terrible accident in Pokhara 2 students who were going to become doctors from medical college died

कास्की । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारको पृथ्वी राजमार्गमा ठक्कर दिएको थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियो ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस