२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरमा गोली चल्यो

Shots fired in Biratnagar

२५ मंसिर, विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनको वायाँ तिघ्रामा गोली लागेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस