२०८१ पुष ९ गते मङ्गलवार | 2024 December 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइतबार अचानक सर्किट ब्रेक लागेको शेयर बजार आज १५.४० अंकले नेप्से गिरावट

काठमाडौं । आईतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ । मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारको दिन आइतबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेको छ भने लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ लोट इण्डेक्स १.५२ अंकले घटेर कारोबार बन्द भएको छ । सोमबार कारोबारमा आएका ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतबारको तुलनामा सोमबार कारोबार रकम भने उल्लेख्य बढेको छ । आईतबार ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपससमूहको परिसूचक २.१६ प्रतिशत बढेको छ भने निर्जिवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ । तर यता विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ ।

सोमबार नेप्से परिसूचक १५ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता समता घरेलु लघुवित्तको शेयरमूल्य भने य ७.१५ प्रतिशत घटेको छ । सोमबार सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको २५ करोड १५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस