२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओशो आश्रममा थियो यौन स्वतन्त्रता, जो कोहीसँग सम्बन्ध राख्न छुट !

काठमाडौं । आचार्य रजनीश अर्थात ओशोको जीवन रहस्य र विवादले भरिएको छ । सामान्य परिवारमा जन्मेका रजनीशले कसरी ओशोको रूपमा साम्राज्य निर्माण गरे र त्यसपछि उनको साम्राज्य तासको घर जस्तै कसरी ढल्यो यसका पछाडि एउटा रोचक कथा छ । रजनीशको बाल्यकालको नाम चन्द्रमोहन जैन थियो । उनको जन्म भारत, मध्य प्रदेशको कुचवाडामा भएको हो । उनी बाल्यकालदेखि नै दर्शनशास्त्रमा रुचि राख्थे ।

ओशोका पुस्तकहरू र उनका दर्शनहरू अझै पनि व्यापक रूपमा पढिन्छन् र सुनिन्छन् । वसन्त जोशीले ओशीको जीवनी ‘द लुमेनस रिबेल लाइफ स्टोरी अफ अ मावेरिक मिस्टिक’ लेखेका छन् । यसमा उनले ओशोले बाल्यकालदेखि नै धेरै प्रश्न सोध्ने गरेको बताएका छन् । त्यही बेला जबलपुर कलेजबाट बीए गरिरहेका बेला ओशोको दर्शनशास्त्रका प्राध्यापकसँग विवाद पनि भएको थियो ।

वास्तवमा, प्राध्यापकहरू समेत ओशोका प्रश्नहरूबाट दिक्क हुन्थे । त्यसपछि प्राध्यापकले या त तिमी (ओशो) ले कलेज छोड्नुपर्छ कि मैले पढाउन छोडिदिन्छु भनेका थिए । पछि कलेजका प्रधानाध्यापकले उनलाई प्राध्यापकले कलेज छोडोस् भन्ने नचाहेको भन्दै कलेज छोड्नुपर्ने कुरा सुनाए । ओशो उनीसँग सहमत भए, तर त्यसपछि उनलाई भर्ना हुन ठूलो समस्या भयो । अन्तत: उनलाई कलेजले भर्ना गर्न मान्यो ।

ओशो यति धेरै पढ्थे कि उनलाई भयानक टाउको दुख्न थाल्थ्यो । पछि ओशो रायपुर विश्वविद्यालयमा प्राध्यापक बनेर आए । तीन वर्षपछि ओशो जबलपुर विश्वविद्यालयको प्राध्यापक भए । उनले दर्शनशास्त्रका बारेमा भाषण पनि दिन थाले । उनको लोकप्रियता बढ्न थाल्यो । त्यसपछि ओशोको दिमागमा आध्यात्मिक गुरु बन्ने विचार आयो । अनि उनी त्यसतर्फ अघि बढे । प्राध्यापकको पद छोडेर उनले मुम्बईमा आफ्नो आश्रम बनाए ।

ओशोले यौन मुक्तिको कुरा गरेका थिए । उनको जीवन विवादले घेरिएको थियो । उनका अनुयायीहरू भारतसहित विश्वभर फैलन थाले । उनका प्रवचनहरू सुन्न हजारौं मानिसहरू आउँथे । तर, उनको विचारलाई लिएर पनि विवाद भयो । ओशोलाई प्रतिबन्ध लगाउने कुरा पनि उठेको थियो । पछि ओशोले पुणेमा आफ्नो आश्रम बनाए ।

त्यहाँ ठूलो संख्यामा भारत बाहिरबाट भक्तहरू प्रवचन आउन थाले । भनिन्छ, ओशोको आश्रममा यौन स्वतन्त्रता थियो । जो कोहीसँग पनि सम्बन्ध राख्न सक्थे । उनले खुलेआम यौन साथी परिवर्तनको वकालत गर्थे, आफ्नो आश्रममा यस्ता यौनजन्य कार्यलाई बढावा दिन्थे । तर, यसले आश्रममा यसको असर र संक्रामक रोगहरु बढ्न थालेको बताइन्छ ।

विदेशी अनुयायीहरूको बढ्दो संख्या र महत्वाकांक्षाका कारण ओशोले अमेरिकामा आश्रम बनाउने विचार गरे। त्यहाँबाट उनको खराब दिनहरू सुरु भएको विश्वास गरिन्छ । उनीमाथि अध्यागमन नियम उल्लङ्घन गरेको आरोप लाग्यो । त्यसपछि उनलाई १७ दिनको जेल सजाय सुनाइएको थियो । पछि उनी फेरि भारत फर्के । ओशो को १९ जनवरी, १९९० मा भारतमा निधन भएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस