२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफूभन्दा जेठी महिला वा पुरुषलाई डेट गर्दा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । ‘न उमेरको कुनै सीमा हुन्छ, न जन्मको कुनै बन्धन ।’ कसैले सहि भनेका हुन्, माया अन्धो हुन्छ । जब कसैलाई मन पराइन्छ, त्यो हुन्छ त्यहाँ कुनै कारण हुँदैन्, न उमेर नै हुन्छ । तर, हरेक सम्बन्धमा केही चुनौतीहरू हुन्छन् । तर लामो समयदेखि दम्पतीहरू बीचको उमेर भिन्नताले प्रेम सम्बन्धमा कति असर गर्छ भन्ने कुरा सबैतिर चासोका रुपमा रहेको छ ।

वास्तवमा, केही मानिसहरू विश्वास गर्छन् कि दम्पतीहरू बीचको उमेरको भिन्नता जति ठूलो हुन्छ, तिनीहरूको सम्बन्ध टुट्ने सम्भावना त्यति नै बढी हुन्छ । कतिपयले श्रीमान–श्रीमतीबीचको उपयुक्त उमेरान्तर ५–६ वर्ष हुनुपर्ने तर्क गर्छन् ।

प्राय : एकै उमेरका विवाहित जोडीहरूको दिमागमा अहंकार र द्वन्द्वको भावना भरिएको हुन्छ । तर यी कुराहरू उमेरान्तर धेरै भएका जोडीहरू बीच कतै देखिँदैन । तर, बलिउड उद्योगमा धेरै वर्षदेखि सँगै रहेका त्यस्ता धेरै जोडी छन्, जसको उमेरान्तर धेरै छ । सदाबहार अभिनेता दिलीप कुमार र सायरा बानोको विवाह यसको जीवित उदाहरण हो । तर यो पनि सत्य हो कि आफूभन्दा कान्छो वा ठूला व्यक्तिसँग प्रेम गर्दा समाजले धेरै कुरा सुनाउन खोज्छ । तर यदि तपाईं चाहनुहुन्छ भने, तपाईं आफ्नो सम्बन्ध धेरै सजिलोगरी मिलाइराख्न सक्नुहुन्छ । आज हामी त्यसका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

उमेरान्तरलाई कसरी सन्तुलनमा राख्ने ?
यदि तपाईंलाई लाग्छ कि दुई बीच निस्वार्थ माया, सम्मान र हेरचाह बाहेक केहि छैन, तब तपाईं मानिसहरूले के भन्छन् भन्ने कुराको वास्ता गर्न छोड्नुहोस् । समाजबाहेक तपाईंको परिवारले पनि स्विकार नगर्न सक्ने सम्भावना धेरै छ । तर यस अवधिमा तपाईंले आफ्नो तर्कलाई दृढतापूर्वक प्रस्तुत गर्न सक्नुपर्छ । किनभने तपाईं आफ्नो प्रेम सम्बन्धमा बाहिरी व्यक्तिहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ, तर परिवारका सदस्यहरूलाई बेवास्ता गरेर अगाडि जान सक्नुहुँदैन् ।

भविष्यको बारेमा कुरा गर्नुहोस्
यसमा कुनै शंका छैन अधिक उमेरका पुरुषसँग विवाह गर्नुको एउटा फाइदा भनेको उनीहरू भावनात्मक रूपमा परिपक्व र पूर्ण रूपमा स्थिर हुन्छन् भन्ने पनि हो । तर के पनि पनि होइन कि तपाईं यस अवधिमा आफू कम्फर्ट जोनमा रहनु पर्छ । वास्तवमा, एकअर्कालाई विश्वास गर्नुअघि, निश्चित रूपमा आफ्नो भविष्यको बारेमा कुरा गर्नुहोस् । किनभने त्यस समयमा तपाईंको सम्बन्ध भविष्यमा कस्तो देखिन्छ भन्ने कुरा जान्न महत्त्वपूर्ण हुन्छ ।

बलियो सञ्चार धेरै महत्त्वपूर्ण
मानिसहरूले भन्न सक्ने अनेक कुराहरूले सम्बन्धलाई असर गर्छ भन्ने कुरालाई नकार्न मिल्दैन् । अरुको कुरा सुनेर आफ्नो चिन्ताको बारेमा कुरा गर्न बन्द नगर्नुहोस् । किनभने यो त्यो समय हो जहाँ तपाईं दुवै जनाले सबै कुरा मिलाउन आवश्यक हुन्छ । सबै भिन्नताबीच, तपाईं दुई बीच बलियो सञ्चार हुनु धेरै महत्त्वपूर्ण छ ।

जेनेरेशन ग्यापलाई स्वीकार गर्नुहोस्
यदि तपाईंको प्रेमी/प्रेमिका उमेरमा जेठो छ भने तपाईं पनि उसको जस्तै बुद्धिमान हुनुपर्छ । साथीले सधैं के आशा गर्दछ भने मलाई साथीले बुझ्नेछ र उसको काममा पनि मद्दत पुग्नेछ । यहाँ पुस्तान्तरणले धेरै असर गर्छ । उमेरले गर्दा फरक फरक अपेक्षा र प्रेम व्यक्त हुन्छ । त्यसैले स्वस्थ सम्बन्धको लागि आफ्नो साथीसँग यस बारे खुलेर कुरा गर्नु उत्तम हुन्छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस