२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि डरलाग्दो बन्दैछ मौसम, तीन प्रदेशका उच्च भूभागमा आज हिउँ पर्ने

It will snow today in the highlands of three provinces

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली भएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महााशाखाका अनुसार तराईका केही स्थानमा हुस्सुरकुहिरो लागिरहेको छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको २६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु हो भने सामान्यतया सफा भनेको आकाशमा बादल एकदमै कम हुनु हो। महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

 

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०८० मंसिर २५ गते बिहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

२०८० मंसिर २५ गते (सोमबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० मंसिर २६ गते (मंगलबार)

दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० मंसिर २७ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस