२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

20-year-old Minkudevi gave birth to triplets

जनकपुरधाम । वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन् । बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् ।

२० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले जानकारी दिइन् । उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा. यादवले एक छोरा १.८ केजीको, छोरी १‍.८ केजीको र अर्को छोरा १‍.५ केजी वजनको रहेको बताइन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस