२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ मा जनताको अभुतपूर्व समर्थन

सुदूरपश्चिमबाट शुरु भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेशभित्र प्रवेश गरेको छ ।

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमबाट शुरु भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेशभित्र प्रवेश गरेको छ । शुक्रबार गोरखाबाट धादिङको सल्यानटार हुँदै शनिबार यात्रा नुवाकोटको बट्टार पुगेको हो । महापहाडी राजमार्ग केन्द्रित यात्रा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ । बट्टार पुग्नेबित्तिकै एमालेले राति नै आमसभा गरेको छ । राति भएको सभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन समेत गर्नुभयो । नेकपा एमालेको महासचिव शंकर पोखरेलले शनिबार यसबारे जानकारी गराउँदै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्नुभएको छ ।

निश्चित ठाउँमा कार्यक्रम गर्ने योजना सहित समृद्धिका लागि संकल्प यात्रा थालिएको थियो । विहान ८ बजे देखि कार्यक्रम सुरु गर्ने र पाँच बजे वासस्थान रहेको ठाउँमा पुग्नेगरी योजना बनेको थियो । तर सुरुको दिन देखि नै निर्धारित गरिएको भन्दा अतिरिक्त स्थानमा जनताको स्वतःस्फुर्त सहभागिताले कार्यक्रम लम्विने स्थिति बन्यो । पहिलो र दोश्रो दिन एकआध घण्टा ढिला भएपनि सहज नै भएको थियो । तेश्रो दिनदेखि कार्यक्रममा चाप बढ्दै गयो । क्रमशः रातको सात, आठ र आज नुवाकोटमा आइपुग्दा त्यो रातको १०.३० बजेसम्म कार्यक्रम गर्नुपर्ने परिस्थिति सिर्जना भयो । यो परिस्थिति यात्रा टोलीले समयलाई ख्याल नगरेको कारणले सिर्जना भएको होइन । बाटोमा स्वागतका लागि लामो समयदेखि प्रतिक्षा गरेर बस्नुभएका नागरिकलाई उपेक्षा गरेर यात्रा अघि बढाउनु उपयुक्त नहुने ठानेर त्यसो भएको हो ।

समृद्धिका लागि संकल्प यात्राप्रति आम नागरिकले जुन प्रकारको समर्थन र सद्भाव देखाउनु भएको छ त्यो अभुतपूर्व छ । वास्तवले यसले यात्राको उद्देश्यलाई सार्थक बनाएको छ । मुलुकको राजनीतिले यो यात्रासंगै नयाँ दिशा समात्न सफल हुने अपेक्षा वढेर गएको छ । मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको अपरिहार्यतालाई यस यात्राले पुष्टि गरेको छ । देश जोड्ने र देश बनाउने उद्देश्यमा यो यात्र कोषेढुंगा सावित हुनेछ । जनताको साथ, समर्थन, सद्भाव हाम्रो लागि उर्जाको श्रोत हो। यसप्रति सम्पूर्ण जनसमुदाय, दाजुभाई दिदीबैनीहरू, युवा विद्यार्थी, महिला, किसान, मजदुर, उद्योगी व्यवसायी, पेशाकर्मी सबै तह र तप्काका नागरिकहरूप्रति हाम्रो गौरवशाली पार्टी नेकपा(एमाले) हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछ । यात्राका बाँकी ठाउहरुमा अहिले भन्दा अझ बढी माया र सद्भाव प्राप्तहुने अपेक्षा हामीले राखेका छाैं।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस