२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालको टिममा दुई परिवर्तन छ । हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन् ।